नेपाल राज्यको पुनः संरचना संगै नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लामा (साविकको इयरकोट, खार, सिप्टी र धुलिगडा गरी ४ वटा गा.वि.स. लाई समायोजन गरेर) ६ वटा वडाहरु रहेको नौगाड गाउँपालिका मिति २०७३/११/२५ गते घोषणा भएको गाउँपालिका हो । यस गाउँपालिकाको पूर्वमा मार्मा र अपिहिमाल गाउँपालिका, पश्चिममा महाकाली नगरपालिका र दुहुँ गाउँपालिका, उत्तरमा दुहुँ र व्याँस गाउँपालिका र दक्षिणमा शैल्य शिखर नगरपालिका संग सिमाना जोडिएको छ । कुल १८०.२७ वर्ग कि.मी. क्षेत्रफल (वडा नं. १ - ६१.४९ वर्ग कि.मी., वडा नं. २- २३.७८ वर्ग कि.मी., वडा नं. ३- १४.२२ वर्ग कि.मी., वडा नं.